होम आइसोलेसनमा रहेकी चितवनकी काेराेना संक्रमितकाे मृत्यु

चितवन । चितवनमा काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट थप एक जनाकाे मृत्यु भएकाे छ ।

आइसोलेसनमा बसेकी भरतपुर महानगरपालिका–५ टाइगर चोक निवासी ८५ वर्षीया वृद्धाको काेराेना संक्रमणबाट मृत्यु भएकाे हाे । उनकाे (आइतबार) बिहान ६ बजे मृत्यु भएकाे हाे ।

हालसम्म चितवनका कोरोना संक्रमण पुष्टि भएका १७ जनाको मृत्यु भइसकेकाे छ ।

प्रतिक्रिया