भारतीय गृहमन्त्रीकाे स्वास्थ्यबारे अस्पतालले जारी गर्यो विज्ञप्ति, के भएको हो उनलाई ?

नयाँ दिल्ली । पछिल्लाे महिना काेराेना भाइरस (काेभिड १९) संक्रमणमुक्त भएका भारतीय गृहमन्त्री अमित शाह एम्स अस्पताल भर्ना भएका छन् ।

आज शनिबार श्वासप्रश्वासमा समस्या देखिएका कारण उनी एम्स अस्पताल भर्ना भएका हुन् । यद्यपी अस्पतालले भने नियमित चेकअपका लागि भर्ना भएकाे उल्लेख गरेकाे छ ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै लेखेकाे छ- ‘गृहमन्त्री अमित शाह काेभिडमुक्त भएपछि ३० अगस्टमा अस्पतालबाट डिस्चार्ज गरिएकाे थियाे । डिस्चार्जकाे समय उनलाई नियमित परीक्षणका लागि आउन सुझाव दिइएकाे थियाे । साेही बमाेजिम उनी संसदसत्र पहिले सम्पूर्ण मेडिकल चेकपका लागि आएका हुन् । परीक्षण गर्न उनलाई एक/दुई दिनका लागि अस्पताल भर्ना गरिएकाे छ ।’

प्रतिक्रिया