अमित शाहलाई श्वासप्रश्वासमा समस्या, पुनः अस्पताल भर्ना

नयाँ दिल्ली । श्वासप्रश्वासमा समस्या भएपछि भारतका गृहमन्त्री अमित शाह पुनः अस्पताल भर्ना भएका छन् ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनी शनिबार दिल्लीकाे एम्स अस्पताल भर्ना भएका हुन् ।

पछिल्लाे महिनामा उनीमा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । उनी गुरूग्रामकाे एक प्राइभेट अस्पताल भर्ना भएका थिए । काेराेना रिपाेर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका थिए । तर थकान र शरीरमा दुखाइ भएपछि उनी अस्पताल भर्ना भएकाे भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

प्रतिक्रिया