यूएस ओपन टेनिसको उपाधि जापानी खेलाडी ओसाकाले जितिन्

काठमाडौं । जापानी खेलाडी नाओमी ओसाकाले यूएस ओपन टेनिस महिला सिंगलको उपाधि जितेकी छिन् । ओसाकाले बिहान सम्पन्न फाइनलमा बेलारुसकीई भिक्टोरिया अजारेनकालाई १-६, ६-३, ६-३ मा पराजित गर्दै युएस ओपनको उपाधि जितेकी हुन् ।

पहिलो सेटमा हारे बेहोरेकी ओसाकाले उत्कृष्ट पुनरागमन गर्दै अन्तिम दुई सेट लगातार जितेर उपाधि जितेकी थिइन् । योसँगै उनले तेस्रो ग्रान्डस्लाम उपाधि जितेकी हुन् । उनले सन् २०१८ को यूएस ओपन र सन् २०१९ को अष्ट्रेलियन ओपन टेनिस जितेकी थिइन् ।

उता सेरेना विलियम्सलाई पराजित गरेर फाइनलमा पुगेकी भिक्टोरिया भने फेरी पनि उपाधि जित्नबाट चुकेकी छन् । २०१३ पछि कुनै ठुलो ग्रान्ड स्लामको फाइनलमा पुगेकी भिक्टोरिया उपाधि जित्न भने असफल भएकी हुन् ।

प्रतिक्रिया