कुमारी बैंक द्वारा कोभिड–१९ रोकथामका लागी महेन्द्रनगरमा सामाजिक सचेतनामुलक कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कुमारी बैंक लिमिटेड सुदुरपश्चिम प्रादेशीक कार्यालय महेन्द्रनगर कंचनपुरले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागी शनिबार (आज) महेन्द्रनगर वजारमा सामाजिक सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा बैंकका कंचनपुर शाखा, झलारी शाखा तथा चादनी दोधारा शाखाका कर्मचारीहरु समेतको पनि उपस्थिती रहेको थियो ।

बैंकको प्रादेशिक कार्यालयबाट विहान ९ बजे देखी सुरुभई चम्मन चौराहाबाट सब्जीमण्डी हुदै महेन्द्रनगर बजारको १ नं., २ नं.३ नं., ४ नं. र ५ नं. गल्ली परिक्रमा गरी बैकको प्रादेशिक कार्यालयमा ११ बजे समापन भएको थियो ।
उक्त कार्यक्रममा बैंकले महेन्द्रनगर वजारमा मास्क लगाउन प्रेरित गरी मास्क नलगाई हिँडेका बिभिन्न ब्यक्तिहरुलाई १००० थान मास्क तथा १५० थान हयान्ड स्यानीटाईजर बितरण गरेको थियो ।
कार्यक्रममा कर्मचारीले मास्क प्रयोग गर्ने, सामाजिक दुरी कायमगर्ने, स्यानीेटाईजर प्रयोग गर्ने, भिडभाड नगर्ने तथा साबुनपानीले हातधुने जस्ता विविध सचेतनामुलक नारा लेखिएका ब्यानर तथा प्ले–कार्ड बोकेर सो मार्फत कोभिड–१९ नियन्त्रण र रोकथामका लागी पूर्व सावधानीका सन्देश दिइएको थियो ।
सुदुरपश्चिम प्रादेशीक कार्यालयका प्रमुख दिपक खनालले कोभिड–१९ नियन्त्रण र रोकथामका लागी सो कार्यक्रम उपयोगी हुने साथै आगामी दिनमा पनि सचेतनामुलक कार्यक्रमहरु अन्य स्थानमा पनि गर्दै जाने जानकारी गराएका थिए ।
कुमारी बैंक लिमिटेडको सुदुरपश्चिम प्रदेशमा १९ वटा शाखा र ८ वटा ए.टि.एम. संचालनमा रहेको छ,भने देशभर १८६ शाखा, १३ एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ्ग सेवा र१०८ ए.टि.एम. संचालनमा रहेको छ ।

साथै बैंकले लकडाउनमा पनि सुरक्षाका उपायहरु अपनाई बैंकिङ्ग सेवाहरु दिँदै आइरहेको छ ।

प्रतिक्रिया