धरानमा ग्यास लिक भएर आगलागी हुँदा एक घाइते, लाखौंको क्षति

• भरतराज शर्मा (गोपाल)
धरान । सुनसरीको धरानमा शनिबार (आज) बिहान आगलागी भएको छ । धरान १६ अन्नपूर्ण चोकस्थित पुष्य मार्गमा विनोद आचार्यको घरमा रहेको खाजा पसलमा आगलागी भएको हो ।

बिहान करिब ५ बजे भएको आगलागीमा परी खाजा पसलका सञ्चालक विक्रम श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

घाइते श्रेष्ठका छोरी खुश्बु श्रेष्ठका अनुसार चुल्होको ग्यास सकेर नयाँ सिलिण्डर घरमा ल्याएर जडान गरेलगत्तै रेगुलेटरबाट नै आगलागी भएको हो ।

उनका अनुसार धेरै क्षति हुन नदिन ग्याँसको सिलिण्डरलाई बाहिर निकाल्ने प्रयास गर्दा श्रेष्ठका बुबा विक्रम भने आगोले जलेर गम्भीर भएका हुन् ।

घाइते श्रेष्ठको अनुहार, टाउको, हात, खुटटा तथा शरीरका विभिन्न भागमा आगोले पोलेको छ । घरमा रहेको खाजा पसलको सबै सामान जल्दा ४ लाख बराबरको सामान जलेर नष्ट भएको छ ।

श्रेष्ठको पसलमा रहेको एल एडी, डिप फ्रिज पंखा भाँडाकुँडालगायतका सामान समेत जलेर नष्ट भएको छ । श्रेष्ठकी पत्नी कविताका अनुसार आगलागीले पसलको सम्पूर्ण सामान जलेर क्षति पुगेको छ भने घरको संरचनामा पनि क्षति पुगेको छ ।

बिहानै भएको आगलागी धरानको दमकल पुग्नुभन्दा अगाडी नै स्थानीयले निभाइसकेका घाइते श्रेष्ठकी छोरी खुश्बुले बताइन् । उता वडा नं १६ का अध्यक्ष दिलकुमार गिरीले ग्यास कम्पनीको लापरवाहीले आगलागी भएकोले कम्पनीसँग क्षतिपूर्ति दाबी गर्ने बताएका छन् ।

ग्यास कम्पनीले नै यस घटनाको जिम्मेवारी लिनुपर्ने उनले बताएका छन् । समाजका ग्यास जस्तो विनाशकारी पदार्थ चलाइरहँदा अथवा प्रयोग गर्नुपर्ने बेला निकै नै सचेत रहन ग्यान कम्पनीहरुले ग्यास किन्ने बेलामा नै बीमासहित किन्न आग्रह गर्दै आएपनि शहर बजारमा अज्ञानताका कारण कमै मात्रामा बीमा गर्ने गरेका कारण पनि क्षतीपुर्ति पाउन नसक्दा जनतालाई समस्या हुने गरेको ग्यास कम्पनीहरुले बताएका छन् ।

उता धरानका बिभिन्न ग्यास कम्पनीहरुले किन्ने बेलामा नै ग्राहकहरुलाई ग्याको बिमा शुल्क लाग्छ भन्दा बिमा शुल्क नतिरी त्यतिकै किन्न र बेच्न बाध्य हुनुपरेको जानएका छन ।

प्रतिक्रिया