अमेरिकाको ओरिगनमा भीषण डढेलो, सयौं मानिस बेपत्ता

एजेन्सी । अमेरिकाको ओरिगन राज्यको जंगलमा लागेको डढेलोमा दर्जनौं मानिस बेपत्ता भएका छन् ।

यस्ते दशौं हजार मानिस विस्थापित भएका छन् । गर्भनर केट ब्राउनले डढेलोको जोखिम युक्त क्षेत्रका बासिन्दालाई घर बाहिर सुरक्षित स्थानमा बस्न आग्रह गरेकी छन् ।

डढेलोको जोखिमका कारण मानिसहरु घर बाहिर रहेको मौका छोपी लुटपाट पनि भएका छन् । आगलागीका कारण धेरैको ज्यान गएको हुन सक्ने ओरिगन राज्यको आपतकालीन व्यवस्थापन समितिका निर्देशक एन्ड्रयू फेल्प्सले बताएको बीबीसीले उल्लेख गरेको छ ।

डढेलोका कारण ओरिगनका चारसहित अहिलेसम्म ११ जनाको मृत्यु भएको छ । अमेरिकाका १२ राज्यहरुमा डढेलोका १०० भन्दा बढी घण्टा भएका छन् र डढेलो बिस्तार हुने क्रममा छ ।

ज्याक्सन, लेन र मारियन आउन्टिमा डढेलोमा परी मानिसहरु बेपत्ता भएको प्रहरीबाट जानकारी पाएको गभर्नर ब्राउनले बताएकी छन् । तर उनले बेपत्ता व्यक्तिहरुबारे विस्तृत विवरण दिएकी छैनन् ।

४० हजार मानिसलाई बाध्यात्मक रुपमा सुरक्षित स्थानमा सर्न भनिएको छ।

प्रतिक्रिया