मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

नारायणगढका १३ जना प्रहरीलाई कोरोना संक्रमण

चितवन । चितवनमा एकैदिन १३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत १३ जना प्रहरीमा कोभिड १९ पुष्टि भएको हो ।

१४ जनाको स्वाब परिक्षणको रिपोर्ट आउँदा १३ जनामा कोरोना पुष्टि भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक सूर्य थापाले जानकारी दिए ।

यसअघि त्यहाँ कार्यरत कार्यालय प्रमुख सहित चार जनामा कोरोना पुष्टि भएको थियो । त्यसपछि त्यहाँ कार्यरत अन्य प्रहरीको स्वाब संकलन गरि परिक्षण गरिएको थियो ।

प्रतिकृयाहरु
Loading...