काेराेना अपडेटः देशभर १४५४ संक्रमित थपिँदा ९७२ जना डिस्चार्ज, थप पाँच जनाकाे मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ९७२ संक्रमित डिस्चार्ज भएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै कोरोना संक्रमितको कुल संख्या ५१ हजार ९१९ पुगेको छ । संक्रमितमध्ये ३६ हजार ६७२ जना डिस्चार्ज भइसकेका छन् ।

आइसीयुमा १७० जना रहेका छन् भने भेन्टिलेटरमा २५ जना उपचाररत छन् । १४ हजार ९२५ जना सक्रिय संक्रमितकाे विभिन्न अस्पतालकाे आइसोलेसनमा उपचार चलिरहेकाे छ । क्वारेन्टिनमा ६ हजार ७८ जना छन् ।

यस्तै पछिल्लाे २४ घण्टामा थप ५ जनाकाे मृत्यु भएकाे छ । याेसँगै मृतक संख्या ३२२ पुगेकाे छ ।

प्रतिक्रिया