चितवनमा ७१ जनामा कोरोना पोजेटिभ, भरतपुरका मात्र ६४ जना

चितवन । चितवनमा एकै दिन ७१ जनामा कोरोना भाइरस ९ कोभिड १९ ० संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशाला र चितवन मेडिकल कलेजको प्रयोगशालामा बिहीबार गरिएको परिक्षणमा उनिहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । परिक्षण गरिएको मध्य भरतपुरको मात्रै ६५ जनामा संक्रमण पुष्टि भएको छ ।

चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा चितवनका ४० जनासहित ५४ जनामा पोजेटिभ देखिएको हो । जिल्लाका ४० जना मध्य पनि भरतपुरका ३४ जना रहेका छन् । त्यस बाहेक खैरहनिका ४ र रत्ननगरका २ जनामा पोजेटिभ देखिएको छ ।

यसैगरी नवलपुर, बारा, रुपन्देही, तनहुँ, मकवानपुर र गोरखाका १४ जनामा संक्रमण पोजेटिभ देखिएको हो । मेडिकल कलेजमा २६७ जनाको नमुना परिक्षण गरिएकोमा २१३ जनाको भने रिपोर्ट नेगेटिभ देखिएको मेडिकल कलेजले जनाएको छ।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा बिहीबार रातीसम्म गरिएको परिक्षणमा ३१ जनामा कोरोना पोजेटिभ देखिएको थियो । उनिहरु सबै भरतपुरका हुन् । भरतपुर प्रयोगशालामा भने १५६ वटा नमुना परिक्षण गरिएको थियो । शुक्रबार सार्वजनिक विवरण अनुसार चितवनमा झन्डै १२ सय जना कोरोना संक्रमित पुगेका छन् । पछिल्ला दिनहरुमा जिल्लामा संक्रमणको दर घट्दो अवस्थामा थियो ।

प्रतिक्रिया