मन्त्री घिमिरेको कोरोना रिपोर्ट पुन: पोजेटिभ

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको पीसीआर रिपोर्ट पुन: पोजेटिभ आएको छ । कोरोना लक्षण देखिएको दुईसाता पछि बिहीबार गरिएको पीसीआर परीक्षण रिपोर्ट आज (शुक्रबार) पुन: पोजेटिभ आएको प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र कोरोनाका लक्षणहरु हराउँदै गएकाले पुनः परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्री घिमिरेको स्वकीय सचिवालयले जनाएको छ ।

रुघाखोकी, जिउ दुख्ने लक्षण बाहेक डाईरिया, टाउको दुख्ने, ज्वरो जस्ता समस्या समाधान हुँदै गएको प्रमुख स्वीकय सचिव तिलकबहादुर बस्नेतले जानकारी दिए । वस्नेतका अनुसार मन्त्री घिमिरेको रक्तचाप र अक्सिजनको मात्रा सामान्य छ ।

मन्त्री घिमिरेलाई भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि हुनुअघि देखि नै उनलाई सामान्य लक्षणहरु देखिएपछि भदौ १३ गते साँझदेखि होम आइसोलेसनमा रहँदै आएका थिए ।

प्रतिक्रिया