फ्रेन्च लिग वान : पहिलो खेलमै हार्‍यो पीएसजी

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानको पहिलो खेलमै स्तब्ध बनेको छ । अघिल्लो सिजनको च्याम्पियन पीएसजी नयाँ सिजनको पहिलो खेलमा लेन्ससँग १-० ले स्तब्ध बन्न पुगेको हो ।

लेन्सको जितमा खेलको ५७औ मिनेटमा इग्नाटिउस गानागोले गोल गरेका थिए । सोहि गोल खेलको निर्णायक गोल बनेको थियो । यस खेलमा पिएसजी आफ्ना सात खेलाडी बिना खेलेको थियो ।

नेइमार र किलियन एम्बाप्पेसहित पिएसजीका सात खेलाडी कोरोना संक्रमणका कारण अहिले क्वारेन्टाइनमा रहेका छन् । पीएसजीले आईतबार लिग वानको दोस्रो खलेलमा मार्सिलेसंग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया