नाइट राइडर्सले जित्यो सीपीएलको उपाधि

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटको उपाधि ट्रिन्बागो नाइटराइडर्सले जितेको छ । गएराती भएको फाइनलमा सेन्ट लुसिया जोउक्सलाई ८ विकेटले पराजित गर्दै ट्रिनबागोले उपाधि जितेको हो ।

टस हारेर पहिला ब्याटिङमा तानिएको जोउक्सले ५ बल बाँकी छँदै सबै विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । जोउक्सले दिएको १ सय ५५ रनको लक्ष्य नाइट राइडर्सले १८.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

ट्रिनबागोले अपराजित रहदै उपाधि जितेको हो । यस्तै ट्रिनबागोले तेस्रो पटक सीपीएलको उपाधि जितेको हो ।

प्रतिक्रिया