आज भाद्र २६ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल भाद्र २६ गते । शुक्रबार । ईश्वी सन् २०२० सेप्टेम्बर ११ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–नवमी,४३ घडी ५६ पला,बेलुकी ११ बजेर २२ मिनेट उप्रान्त दशमी । नक्षत्र–मृगशिरा,१५ घडी ४३ पला,मध्यान्ह १२ बजेर ०५ मिनेट उप्रान्त आद्र्रा । योग–सिद्धि,२६ घडी २६ पला,बेलुकी ०४ बजेर २३ मिनेट उप्रान्त व्यातिपात । करण– तैतिल,बिहान ११ बजेर ०९ मिनेट उप्रान्त गर,बेलुकी ११ बजेर २२ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मानस योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ११ मिनेट । दिनमान ३० घडी ५९ पला । मातृ नवमी। नवमी श्राद्ध।

आजको बार बेला ।
बिहान ५ बजेर ४७ मिनेटसम्म चर बेला ।
बिहान ५ बजेर ४८ मिनेटदेखी बिहान ७ बजेर २० मिनेटसम्म लाभ बेला ।
बिहान ७ बजेर २१ मिनेटदेखी बिहान ८ बजेर ५३ मिनेटसम्म अमृत बेला ।
बिहान ८ बजेर ५४ मिनेटदेखी बिहान १० बजेर २६ मिनेटसम्म लाभ बेला ।
बिहान १० बजेर २७ मिनेटदेखी मध्यान्ह ११ बजेर ५९ मिनेटसम्म शुभ बेला ।
मध्यान्ह १२ बजेर ०० मिनेटदेखी दिउसो १ बजेर ३२ मिनेटसम्म रोग बेला ।
दिउसो १ बजेर ३३ मिनेटदेखी दिउसो ३ बजेर ०५ मिनेटसम्म उद्वेग बेला ।
दिउसो ३ बजेर ०६ मिनेटदेखी साझ ४ बजेर ३८ मिनेटसम्म चर बेला ।
साझ ४ बजेर ३९ मिनेटदेखी बेलुकी ७ बजेर ३८ मिनेटसम्म रोग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान १० बजेर २६ मिनेटदेखी मध्यान्ह १२ बजेर ०० मिनेटसम्म रहने ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दाजुभाई तथा छिमेकिसँग सामान्य कुरामा मनमुटाव सिर्जना हुनेछ । छोटो यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा अवरोधहरुको सामना गर्नुपर्नेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुने हुनाले आज मुद्दा मामिलामा सामेल नहुनुहोला । माया प्रेममा धोका तथा बिश्वास घात हुन सक्छ ध्यान दिनुहोला । उद्योग तथा व्यावसायमा लगानि गर्नको लागि केहि समय पर्ख हेरको रणनीति अपनाउनु होला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) शुभ मांगलिक सभा समारोह जस्ता कार्यक्रममा सहभागि भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यावसायमा प्रशस्त नाँफा कमाउन सकिने हुनाले दैनिकि फेरिनेछ । प्रेम प्रसङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिईने हुनाले आफुले मन परेको प्रिय पात्रलाई आफ्नै मन मुटुमा राख्न पाउदा मन प्रशन्न हुनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै बोलेर मनग्ने आम्दानि गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) छोटो दुरिको यात्राको गतिलो सम्भावना रहेकोछ । सुझबझ तथा लगनशिलताले समय फलदायि बनाउन सकिनेछ । सामाजिक संघ सस्था तथा परोपकारको क्षेत्रमा काम गरि नाम कमाउन सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा तपाईँकै हातमा पर्नेछ । शुभ तथा मांगलिक कार्यमा समय व्यातित हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । कार्यक्षेत्रमा उन्नतीको समाचार सुन्न पाईनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ । माया प्रेममा धोका हुन सक्छ सजग रहनु होला । मान सम्मान तथा इज्जत प्रतिष्ठा जोगाउन मुस्किल पर्नेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । तरपनि बैदेशिक क्षेत्रसँग सम्बन्धीत व्यापार व्यावसाय भने फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानिबाट घाटा हुन सक्छ ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायमा समय दिएअनुशार आम्दानि कम हुनेछ भने आर्थिक रुपमा सुदृड हुन चालिएका कदमहरु बिचमानै अवरुद्ध हुनेछन् । दाजुभाईसँगको मनमुटावको कारणले कामका बाधा तथा अवरोध हुनेछ । पैत्रिक सम्पति तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना घट्ना सक्छ । माया प्रेममा अबिश्वास बढेर जानेछ भने पढाइ लेखाइमा अरुभन्दा पछि परिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) गलत चिन्तन तथा सोचाईले कार्य क्षेत्रमा समस्या पैदा हुनेछ । अरुकै लागि रुपैया पैसा खर्चनु पर्नेछ । व्यापारमा मन्दि आई दैनिकी कष्टकर नहोला भन्न सकिन्न । तरपनि औषधीजन्य तथा दैनिक उपभोग्य बस्तुको खरिद बिक्रिबाट लाभ लिन सकिनेछ । कृषि क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ भने पारिवारिक सम्बन्धमा केहि खटपट आउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारि तथा प्रशासनिक काममा सम्मानजनक उपश्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्ययनमा प्रगति भएर जानेछ । शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ । प्रेम तथा मित्रताको गाठो कसिलो भएर जानेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आलोचना गर्ने गोप्य शत्रुहरू सक्रिय हुन सक्छन् ध्यान दिनुहोला । सरकार, प्रशासन वा अड्डाअदालतका काममा पनि विघ्न हुनेछ । कार्यक्षेत्रमा सिनियर्स हरूसँग सम्बन्ध बिग्रने तथा नचाहेको फाँट वा कामको जिम्मा लिनुपर्ने हुन सक्छ । तरपनि ग्रामिण भेगमा गरिने कृषि तथा पशुपालन व्यावसायबाट मनग्गने धन आर्जन गर्न सकिनेछ । औषधीजन्य तथा दैनिक उपभोग्य सामाग्रको खरिद बिक्रीबाट लाभ लिन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइ लेखाइमा सोचेजस्तै प्रगति हुने हुनाले आफन्त तथा गुरुहरु प्रसन्न हुनेछन् । सवारी साधन तथा धन सम्पति हात लाग्ने योग रहेको छ । व्यापारमा नाँफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा बिश्वासको बाताबरण अझ बढेर जाने हुनाले घर परिवारमा खुसियालि छाउनेछ । व्यापार गर्ने शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ भने यात्राका क्रममा बौद्धिक मानिसहरुसँग भेटघाट हुने हुनाले मन प्रशन्न रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सत्रु लाग्नेछन् भने न्यायिक निर्णहरु तपाईँको पक्षमा नहुने हुनाले मुद्दा मामिलामा सामेल नहुनु होला । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परिने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । स्वास्थ सम्बन्धी समस्या आउने हुँदा दैनिक कामकाज प्रभावित हुनेछ । व्यापार व्यावसायमा घाटा लाग्ने हुनाले लगानि बढाउन केहि समय पर्ख र हेरको रणनिति अपनाउदा राम्रो हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बौद्धिक प्रतिश्पर्धामा तपाईको नाम अग्र पंतिमा आउनेछ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेकोछ । पढाइ लेखाइमा सोचेजस्तो प्रगति हुने तथा अध्ययनकै सवालमा छोटो दुरिको यात्रा हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफन्त तथा आमासँग मनमुटाब सिर्जना हुनेछ भने महत्वकांक्षी सोचले मन अशान्त रहनेछ । यन्त्र,औजार तथा मेसिनरी सामान बिग्रनाले खर्च बढ्ने योग रहेकोछ । छाती सम्बन्धी समस्या आउने हुनाले बाहिर वाताबरण तथा खानपानमा ध्यान दिनहोला । परिस्थिती बस दैनिक कामहरु स्थगित गर्नुपर्ने हुनसक्छ । तरपनि कृषि तथा पशुपालन व्यावसायमाबाट लाभ लिन सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया