काेराेना संक्रमित संख्या ५० हजार नाघ्याे, काठमाडौं उपत्यकामा मात्रै ५७२ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५७२ जना संक्रमित थपिएका छन् ।

काठमाडौंका ४९५, भक्तपुरका ३४ र ललितपुरका ४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

आजको थप अपडेटसँगै भक्तपुरमा ८५२, काठमाडौंमा ८ हजार १०६ र ललितपुरमा संक्रमित संख्या १०५४ पुगेकाे छ ।

आज मात्रै देशभर १२४६ संक्रमित थपिएका छन् । कुल संक्रमितकाे संख्या ५० हजार ४६५ छ ।

प्रतिक्रिया