काेराेना अपडेटः बिहीबार थपिए १२४६ संक्रमित, १८१८ डिस्चार्ज, ५ काे मृत्यु

काठमाडौं । पछिल्लो २६ घण्टामा देशभर थप १२४६ जना संक्रमित थपिएका छन् । यस्तै आजै थप १८१८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

आजको अपडेटसँगै कोरोना संक्रमितको कुल संख्या ५० हजार ४६५ पुगेको छ । संक्रमितमध्ये ३५ हजार ७०० जना डिस्चार्ज भइसकेका छन् । १४ हजार ४४८ सक्रिय संक्रमितको उपचार चलिरहेको छ । होम आइसोलेसनमा ६ हजार ४३८ जना छन् ।

क्वारेन्टिनमा ५ हजार ८०६ जना छन् रहेका छन् । यस्तै पछिल्लाे २४ घण्टामा ५ जनाकाे मृत्यु भएकाे छ । याेसँगै काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ३१७ पुगेकाे छ ।

प्रतिक्रिया