सिएमसिमा चितवनका कोरोना संक्रमितको मृत्यु
२०७७ भदौ २५ गते

चितवन । चितवन मेडिकल कलेजमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ११ निवासी ६२ वर्षीय एक पुरुषको आज मृत्यु भएको हो ।
उपचारको क्रममा उनको आज करिब १२ बजेर २० मा मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख प्रताप देवकोटाले जानकारी दिए । भदौ १८ गते अस्पताल भर्ना भएका उनमा २२ गते कोरोना पुष्टि भएको थियो ।
२०७७ भदौ २५ गते
प्रतिक्रिया
सम्बन्धित









