सीमा तनाव : भारतीय विदेशमन्त्री एस र चिनियाँ समकक्षी वाङबीच भेटवार्ता हुँदै

एजेन्सी । भारतीय विदेशमन्त्री एसं जयशंकर र चिनियाँ समकक्षी वाङ यीबीच बिहीबार (आज) भेटवार्ता हुँदैछ ।

सांघाई को–अपरेसन अर्गनाइजेशन (एससीओ)को बैठकमा भाग लिन मस्को पुगेका दुवै देशका विदेशमन्त्रीबीच सीमा विवादबारे छलफल हुने भारतीय च्यानल एनडीटीभीले जनाएको छ ।

गत जुनमा भारत र चीनका सैनिकहरुबीच घम्साघम्सी भएपछि चर्केको भारत–चीन सीमा विवाद थप बल्झिँदै गएको छ । सो भिडन्तमा भारतकाा २० जना सैनिक मारिएका थिए ।

अहिलेको सीमा विवादलाई गत ४५ वर्षयता भारत र चीनबीच भएको सबैभन्दा जटिल विवादको रुपमा लिइएको छ ।

प्रतिक्रिया