भारतमा एकैदिन थपिए ९५ हजार संक्रमित, ११ सय बढीको मृत्यु

काठमाडौं । अमेरिका र ब्राजिलमा कोरोनाभाइरसबाट संक्रमित र मृत्यु हुनेको संख्या नियन्त्रणमा आइरहँदा भारतमा भने झनै बढ्न थालेको छ । त्यहाँ एकैदिन ९५ हजार ५ सय संक्रमित थपिएका छन् भने ११ सय बढीको मृत्यु भएको हो ।

वर्ल्डोमिटर्सको विवरण अनुसार बुधबार कोरोनाबाट ११ सय ६८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ७५ हजार ९१ ६२ पुगेको छ । ९५ हजार ७३५ जना संक्रमित पुष्टि हुँदा संक्रमित ४४ लाख ६२ हजार ९६५ पुगेको छ ।

भारत अहिले धेरै संक्रमित हुने देशको सचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ । भारतमा अहिलेसम्म ३४ लाख ६९ हजार ८४ जना निको भएका छन् ।

प्रतिक्रिया