कुलमानको कार्यकाल थप गर्न बिहीबारको मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको कार्यकाल थप गर्न बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने तयारी भएको छ । स्रोतका अनुसार ऊर्जा मन्त्री वर्षमान पुनले घिसिङको कार्यकाल थप गर्ने सम्बन्धी प्रस्ताव बिहीबारको मन्त्रिपरिषद् बैठकमा पेश गर्ने तयारी गरेका हुन्।

सम्भवतः बिहीबारको मन्त्रिपरिषद्बाट नै उक्त निर्णय हुने स्रोतको दाबी छ । स्रोतका अनुसार यस पटक कुलमानको म्याद दुई वर्षका लागि थपिने निश्चित छ ।

चार वर्षका लागि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त भएका कुलमानको अवधि भदौ २९ गते सकिँदै छ।

कुलमानको म्याद थपका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि प्रधानमन्त्री केपी ओलीसँग कुराकानी गरिसकेको उच्च स्रोतले बताएको छ । तर प्रधानमन्त्री केपी शर्मा ओली भने हालसम्म यसबारे बोलेका छैनन् ।

कुलमान घिसिङले चार वर्षमा नेपालमा उल्लेख्य मात्रामा विद्युत् चुहावटमा कमी ल्याएका छन् भने घाटामा रहेको विद्युत् प्राधिकरण पनि हाल नाफामा आएको छ।

प्रतिक्रिया