सन् २०२१ को नोबेल शान्ति पुरस्कारका लागि अमेरिकी राष्ट्रपति ट्रम्प मनोनित

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार सन् २०२१ का लागि सिफारिस गरिएको वासिङ्टन टाइम्सले जनाएको छ । इजरायल र संयुक्त अरब इमिरेट्सबीच शान्ति सम्झौता गराउन सफल भएको भन्दै उनलाई शान्ति पुरस्कारका लागि मनोनित गरिएको हो ।

उनको नाम नर्वेका संसद र नाटो संसदीय एसेम्बलीका अध्यक्ष क्रिस्टियन टाब्रिङ जेड्डीले पुस्कारका लागि मनोनित गरेका हुन्। क्रिस्टियनले नै सन् २०१८ मा उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ता गर्न सफल भएकोमा नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको नाम मनोनित गरेका थिए।

अमेरिका कै पहलमा भएको सम्झौताका कारण सन् १९८४ मा अस्तित्वमा रहेको इजरायललाई मान्यता दिने अरब इमिरेट्स तेस्रो खाडी राष्ट्र बनेको थियो। यही महिनामात्रै दुवै देशबीच टेलिफोन सेवा संचालन समेत भएको थियो दुबै देशबीच पहिलो व्यवसायिक हवाइ उडानसमेत सुरु भएको थियो। पहिलो विमान यात्राबाट संयुक्त अरब इमिरेट्स पुगेको अमेरिकी अधिकारीसहितको इजरायली टोलीले त्यहाँका उच्च अधिकारीहरुसँग सम्बन्ध सुधारको बारेमा छलफल गरेका थिए।

 

प्रतिक्रिया