खस्कियो सन्दीपको बलिङ बरियता
२०७७ भदौ २४ गते

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने। फाइल फोटो।
काठमाडाैं । लेग स्पिनर सन्दीप लामिछानेको बलिङ बरियता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टी २० बलिङ बरियतामा उनी एक स्थान तल खस्किएका हुन् ।
यसअघि आईसीसीले सार्वजनिक गरेको बरियतामा उनी ७९ औँ स्थानमा थिए । अहिले खस्किएर ८० मा पुगेका छन् । उनले पाँएकाे कुल रेटिङ ३ सय ८९ अंक रहेकाे छ । हाल सन्दीप क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्ने क्रममा ट्रिनिडाड एण्ड टोबागोमा छन् । उनले उक्त प्रतियोगिताकाे ११ खेलमा १२ विकेट प्राप्त गरेका थिए ।
यस्तै विश्व बलिङ बरियतामा अफगानिस्तानका राशिद खान र मुजिबउर रहमान क्रमशः पहिलो र दोस्रो स्थानमा रहनुभएको छ । दुवै जना हाल सीपीएल खेलिरहेका छन् । सीपीएलमा राशिदले बार्बाडोसबाट तथा मुजिबउरले जमैकाबाट खेलेका थिए ।
२०७७ भदौ २४ गते
प्रतिक्रिया
सम्बन्धित








