प्रधानमन्त्री–प्रचण्डबीच स्थायी कमिटीबारे छलफल, एजेन्डा तय

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भदौ २६ गते शुक्रबार बस्दैछ । साे बैठकबारे आज (बुधबार) प्रधानमन्त्री निवास वालुवाटारमा नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएकाे छ ।

जारी भेटवार्तामा बैठकमा लैजाने प्रस्तावबारे छलफल भएको बताइएको छ । भेटमा स्थायी कमिटी बैठकका लागि एजेण्डा तय भएको छ । विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदन नै स्थायी कमिटिका एजेण्डा हुने बताइएको छ।

नेकपा विवाद समाधानका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदनलाई परिमार्जन गरेर स्थायी कमिटीमा लैजाने जिम्मेवारी सचिवालयले दुई अध्यक्षलाई दिएको थियो । प्रतिवेदनमा दुवै अध्यक्षकाे अधिकार बाँडफाँडसहितका प्रस्तावहरू छन् ।

गत साउन १३ गतेदेखि अनिश्चितकालका लागि स्थगित भएको स्थायी कमिटी बैठक त्यसयता बस्न सकेकाे थिएन ।

प्रतिक्रिया