प्रदेश १ कोरोना अपडेट : ८० संक्रमित थपिँदा १६ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज (मंगलबार) ८० कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३७, मोरङमा २२, झापामा १६, ओखलढुङ्गामा २, इलाम, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा १० महिला ८ पुरुष, दुहवीमा ४ महिला ८ पुरुष, कोशी गाउँपालिकामा २ महिला १ पुरुष, गढी, रामधुनी, इनरुवा, धरानमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको विराटनगरका ११ महिला ६ पुरुष, रतुवामाईका ३ र ग्रामथानका १ पुरुष, बुढीगंगाकी १ महिला, झापाको दमकमा २ महिला ४ पुरुष, शिवसताक्षीमा २ महिला १ पुरुष, गौरीगञ्जमा १ महिला १ पुरुष, विर्तामोडमा १ महिला १ पुरुष, बाह्रदशी, मेचीनगर र कनकाईमा १–१ पुरुष, ओखलढुङ्गाको मानेभन्ज्याङका २ पुरुष, इलामकी १ महिला, उदयपुरको चौदण्डीगढीकी १ महिला र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या कूल ४ हजार २५७ पुगेको छ ।

आजै १६ जना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल खोटाङबाट ६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र मेची अस्पताल झापाबाट ५–५ जना डिस्चार्ज भएका हुन । योसँगै डिस्चार्ज हुनेको संख्या १ हजार ९१२ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ६१५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३६ महिला र ४४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *