नेप्से परिसूचक ७.३५ अंक बढ्यो

काठमाडौं । मंगलबार (आज) नेप्से परिसूचक बढेर बन्द भएको छ । केही दिनदेखि लगातार घटेको बजार आज भने ७.३५ अंक वृद्धि भई १४९५.१५ विन्दुमा रोकिएको छ ।

१९० कम्पनीको २३ हजार २९७ पटकको कारोबारमा ४१ लाख ८० हजार ८१६ कित्ता शेयर १ अर्ब ७९ करोड ८३ लाख रुपैयाँमा खरिद विक्री भएको छ ।

आज एनआरएन इन्फ्राइष्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयर मूल्य सर्वाधिक घटेको छ । यो कम्पनीको शेयर मूल्य ९.८६ प्रतिशत घटेर ३९३ रुपैयाँ कायम भएको छ ।आज सर्वाधिक परिसूचक वृद्धि उद्योग समूहको भएको छ । उद्योग समूहको परिसूचक ८.५८ प्रतिशत वृद्धि भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *