३० हजार कर्मचारी कटौती गर्दै एसबीआई बैंक

काठमाडौं । भारतीय स्टेट बैंक अफ इन्डिया (एसबीआई)ले ३० हजारभन्दा बढी कर्मचारी कटौतीको तयारी गरेको छ । देशको सबैभन्दा ठूलो स्टेट बैंकले ३० हजार १९० कर्मचारी कटौतीको तयारी गरेको हो ।

बैंकले कर्मचारी कटौती गर्न स्वेच्छिक अवकास योजना (भीआरएस) ल्याउँदैछ । एसबीआईले भीआरएसका लागि एक ड्राफ्ट तयार गरिसकेकाले लागू गर्न बोर्डको स्वीकृती पर्खिरहेको बताइएको छ । बैंकले कर्मचारी कटौती स्किमलाई ‘सेकेन्ड इनिङ ट्याब भीआरएस- २०२०’ नाम दिएको छ ।

बैंकमा २५ वर्षदेखि काम गरिरहेका र ५५ वर्ष उमेर पूरा भएका कर्मचारीले यसमा आवेदन दिन पाउने छन् । यस्तै, बैंकमा काम गर्न मन नलागेका र अन्तबाट अफर आएकाहरुले पनि सहभागिता जनाउन पाउने जनाइएको छ ।

बैंकले यो स्किम डिसेम्बर १ बाट खुला गर्ने छ । फेब्रुअरी अन्तिमसम्म आवेदन दिन सकिने छ । भीआरएस लिन योग्य कर्मचारीमध्ये ३० प्रतिशतले मात्र पनि स्किम रोजे भने पनि एसबीआइबाट छ २१ अर्ब ७० करोड रुपैयाँ बाहिरिने छ । एसबीआई बैंकमा करिब २ लाख ५० हजार कर्मचारी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *