चिकित्सक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, ४६ प्रतिशत उत्तीण

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले गत शनिबार लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । सो परीक्षामा ४६ प्रतिशत उत्तीण भएका छन् । काउन्सिलले आइतबार अबेर राती नतिजा प्रकाशित गरेको हो ।

परीक्षाका लागि ७ सय ९३ जना एमबीबीएस र २ सय ६७ जना वीडीएसका गरी १ हजार ६० जनाले फारम भरेका थिए ।
काउन्सिल अध्यक्ष डा भगवान कोइरालाले कोरोना महामारीकाबीच परीक्षा सम्पन्न गरेको भन्दै खुशी व्यक्त गरेका छन् । उनले परीक्षाले कोरोना विरुद्धको लडाईका लागि जनशक्ति थपिएको प्रतिक्रिया दिएका हुन् ।

काउन्सिलले यसपटक उपत्यका र उपत्यका बाहिर गरी विभिन्न १७ स्थानमा परीक्षा केन्द्र तय गरेको थियो । त्यसैले नतिजा प्रकाशित केही ढिलाई भएको रजिष्टार डा कृष्णप्रसाद अधिकारीले बताए । काउन्सिलले गत ८ चैतका लागि तय गरेको परीक्षा कोरोना महामारीका कारण दुई पटक स्थगित भएर शनिबार सम्पन्न भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *