राष्ट्रपतिका सूचना तथा सञ्चार विज्ञमा ढकाल नियुक्त
२०७७ भदौ २२ गते

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीकाे सूचना तथा सञ्चार विज्ञमा लेखक तथा विश्लेषक टीका ढकाल नियुक्त भएका छन् ।
भदौ महिनादेखि लागू हुने गरी सूचना तथा सञ्चार विज्ञमा लेखक ढकाललाई नियुक्त गरिएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ ।
पाँचथर, आरूबोटेका ढकालले त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी र राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् । उनले अमेरिकाबाट द्वन्द्व व्यवस्थापनमा समेत स्नातकोत्तर गरेका छन् ।
२०७७ भदौ २२ गते
प्रतिक्रिया
सम्बन्धित








