रिलायन्स लाइफको पहिलो कारोबार मंगलवारदेखि

काठमाडौं । रिलाायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ धितोपत्रको दोस्रो बजारमा भदौ २३ गतेदेखि कारोबार हुने भएको छ । यस अघिनै सम्बन्धित शेयरधनीको हितग्राही खाता (डीम्याट) मा जम्मा भइसकेको उक्त कम्पनीको आईपीओ नेप्सेमा सोमवार सूचीकरण भएसँगै मंगलवारदेखि कारोबार गर्न सकिने भएको हो ।

मंगलवार स्पेशल प्रि–ओपनिङ सेसनमा पहिलो कारोबार भए नियमित कारोबार शुरु हुने नेप्सेको भनाइ छ । नेप्सेले उक्त कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम रू. १०७ दशमलव ५९ देखि रू. ३२२ दशमलव ७७ मूल्य रेञ्ज तोकेको छ ।

उक्त कम्पनीको शेयर हितग्राही खातामा ‘आरएलआई’ स्टक संकेतवाट जम्मा भएको छ । सोहि स्टक संकेतमा कम्पनीको शेयर कारोबार शुरु हुनेछ । नयाँ जीवन बीमा कम्पनीको रुपमा कार्यरत उक्त कम्पनीले भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि ६३ लाख कित्ता आईपीओ विक्री गरेको थियो ।

कुल कित्तामध्ये ३ लाख १५ हजार कित्ता सामूहिक लगानीकोषका लागि र ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि वितरण गरिएको छ भने बाँकी रहेको ५६ लाख ७० हजार कित्ता अन्य सर्वसाधारणले प्राप्त गरेका छन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *