प्रदेश १ कोरोना अपडेटः आज १४३ संक्रमित थपिए, ७ डिस्चार्ज, २ जनाकाे मृत्यु

  • सुजाता लिम्बु

विराटनगर । प्रदेश १ मा आज (आइतबार) १ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा आज १ हजार २६७ जनाको पीसीआर परीक्षण गरिएकाेमा ३१ महिला र ११२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हाे ।

सुनसरीमा ७८, मोरङमा २९, झापामा २८, संखुवासभामा ६, उदयपुर र प्रदेश १ बाहिरका १/१ जना संक्रमित थपिएकाे  सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ७१ जनामा संक्रमण देखिएको छ । इटहरीमा ५ महिला र २ पुरुष, मोरङको विराटनगरमा ९ महिला १६ पुरुष, सुनबर्षीमा २ पुरुष, जहदा र बुढीगंगामा १–१ महिला, झापाको विर्तामोडमा ८ महिला २ पुरुष, कमल गाउँपालिकामा ३ महिला ७ पुरुष, मेचीनगरमा २ महिला ४ पुरुष, अर्जुनधारा र स्थानीय तह नखुलेका १–१ महिलामा कोरोना संक्रमण देखिएको छ ।

उता संखुवासभाको खाँदबारीमा ३ , चैनपुरमा २ र चिचिलामा १ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुष र प्रदेश १ बाहिर एक महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । याेसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार २२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप २ जनाको मृत्यु भएको छ । झापाकी १ महिला र विराटनगरका १ पुरुषको मृत्यु भएको हाे । याेसँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

प्रदेश १ मा आज नै ७ जना डिस्चार्ज भएका छन् । उनीहरु सबै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भएका हुन् । थप डिस्चार्जसँगै  प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ८४३ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल सम्म ९८ हजार ४८८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *