स्वास्थ्य मन्त्रालयको चेतावनीः कोरोना भ्रम हो भन्नेलाई कारवाही !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाबारे भ्रम फैलाउनेलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

पछिल्लो समय कोरोना भ्रम या यथार्थ भन्नेबारे बहस चलिरहँदा आज (आइतबार) को प्रेस ब्रिफिङका क्रममा प्रवक्ता गौतमले यस्तो चेतावनी दिएका हुन् ।

उनले भनेका छन्– ‘काेरानाकाे औषधि र भ्याक्सिन अझैसम्म पत्ता लागेकाे छैन । पछिल्लाे समय सामाजिक सञ्जालमा यसबारे भ्रम फैलाइएकाे छ । काेराेना भ्रम हाे, याे उब्जाइएकाे समस्या हाे भनेर बाेल्ने मानिसहरूलाई स्वास्थ्य मन्त्रालयले कानुन अनुसार कारवाही गर्नेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eight =