खतिवडा बाहिरिएसँगै सेयर बजारमा निराशा

 

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा सरकारबाट बाहिरिएसँगै सेयर बजारमा निराशा छाएको छ । उनी बाहिरिए पछिको पहिलो दिन अर्थात आइतबारको बजारमा नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको हो । सेयर बजारका लगानीकर्ताले नरूचाएका खतिवडा बाहिरिएसँगै सेयर बजारमा उछाल आउँछ भन्ने आम लगानीकर्ताको अपेक्षा रहेको थियो । तर ठ्याक्कै उल्टो भयो ।

आज बजार खुलेदेखि नै शेयर निरन्तर रुपमा ओरालो लाग्यो । अर्थात नेप्से परिसूचक १०.४५ अंकले घटेर १४९९.९७ अंकमा झरेको छ । दोहोरो अंकले घटेको आइतबारको बजारमा पौने तीन अर्बको सेयर कारोबार भएको छ ।

बजारमा १९१ कम्पनीको ७० लाख ३८ हजार ९ सय ९० कित्ता सेयर २ अर्ब ७८ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ ।  आइतबार दुई समूहबाहेक बाँकी समूह राताम्मे देखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *