अनेरास्ववियु सुनसरीद्वारा सूचना सच्याउन माग

धरान । आउँदो भदौ २८ गतेदेखि शुरु गर्ने अनलाइन कक्षाको शुल्क लिनेबारे महेन्द्र बहुमुखी क्याम्पस धरानले सूचना जारी गरेपछि अनेरास्ववियु सुनसरीले आपत्ति प्रकट गरेको छ ।

अनेरास्ववियुका अध्यक्ष सुजन खत्री र अनेरास्ववियु (क्रान्तिकारी)का कार्यवाहक अध्यक्ष रविन श्रेष्ठद्धारा संयुक्त रुपमा जारी
विज्ञप्तीमा सूचना तत्काल सच्याउन क्याम्पसलाई माग गरिएको छ ।

कोभिड १९ ले अर्थतन्त्र तहसनहस भएको बेला विद्यार्थीहरुलाई शुल्क नलिई कक्षा सञ्चालन गर्न पनि संगठनले माग गरेको अनेरास्ववियु (क्रान्तिकारी)का कार्यवाहक अध्यक्ष रविन श्रेष्ठले जानकारी दिएका छन्।

त्यस्तै अनेरास्ववियुका अध्यक्ष सुजन खत्रीले क्याम्पस प्रशासनले आउँदो भदौ २८ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्नेबारे हिजो (शुक्रबार) विद्यार्थी संगठनहरुसँग छलफल राखेको थियो ।

उक्त छलफलमा त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालन गर्ने अन्य निर्णयहरु गरेको भएपनि छलफल शुल्क लिनेबारे कुनै निर्णय नभएको जनाएको छ ।

तर हिजो बेलुका नै क्याम्पस प्रशासनले सूचना जारी गर्दा अनलाइन कक्षा सञ्चालन गर्ने र सम्बन्धित सेमेष्टरका विद्यार्थीहरुले तोकिएको सेमेष्टर शुल्कको हाललाई आधा शुल्क नेपाल बैंक लिमिटेड मार्फत जम्मा गरी भर्ना हुन भनिएको छ ।

साथै, क्याम्पस प्रशासनले आधा शुल्क भने परीक्षा फारम भर्दा बुझाउन भनेको छ । क्याम्पस प्रशासनका अनुसार एमबिएस तेस्रो, एमए तेस्रो, एमएड तेस्रो, बीबीए दोस्रो, चौथो, छैटौं र आठौं, बीबीएमको दोस्रो र चौथो सेमेष्टरको अनलाइन कक्षा भदौ २८ गतेदेखि शुरु गर्ने जनाएको छ ।

यिनै सेमेष्टरको भर्नाको शुल्क आधा तत्काल फारम भर्दा बैंकमार्फत जम्मा गर्न क्याम्पसले सूचना जारी गरेको थियो । यस्तै, बीए, बीबीएस र बीएडका विद्यार्थीहरुको अनलाइन कक्षा सञ्चालन गर्न ट्रेसिङ गरेर इन्टरनेट पहुँच भए नभएको सम्भाव्यता अध्ययन गर्ने निर्णय पनि भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *