मौसमी विवरणः प्रदेश १,२ र सुदुरपश्चिममा भारी वर्षाको संभावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टा मुलुकको मौसम सामान्यतया बदली हुने तथा देशका केही प्रदेशहरुमा हल्का वर्षाको अनुमान गरेको छ ।

हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा केहि पर दक्षिण तर्फ अवस्थित भएकोले पहाडी भू–भागमा सामान्य बदली र तराई भू–भागमा आशिंक बदली रहनुका सातै गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

आज भदौ २० गते शनिबार दिउँसो देशभर सामान्यतया बदली रहि थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षा को सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राती पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १ तथा सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

भोली आइतबार दिउँसो देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । भोली प्रदेश १ तथा बाग्मती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *