रूपन्देहीमा होम आइसोलेसनमा बसेका काेराेना संक्रमितकाे मृत्यु
२०७७ भदौ १९ गते

प्रतिकात्मक तस्विर
काठमाडाैं । रूपन्देहीमा होम आइसोलेसनमा बसेका काेराेना भाइरस (काेभिड १९) संक्रमितकाे मृत्यु भएकाे छ ।
सिद्धार्थनगर नगरपालिका–८ का ४५ वर्षीय पुरुषको काेराेना संक्रमणबाट आज (शुक्रबार) बिहान ८ बजे मृत्यु भएको हो । मिर्गौलाका बिरामी रहेका उनी चितवनमा डायलासिस गरेर फर्किएका थिए ।
योसँगै जिल्लामा मृत्यु हुने कोरोना संक्रमितको संख्या १३ पुगेको छ ।
२०७७ भदौ १९ गते
प्रतिक्रिया
सम्बन्धित









