पोखरामा १६ सहित गण्डकीमा थपिए ४० संक्रमित

काठमाडौं । गण्डकी प्रदेशमा आज ४० जना कोरोना सङ्क्रमित थपिएका छन् । हालसम्म गण्डकीमा सङ्क्रमित दुई हजार ३५२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिए ।

पोखरामा मात्रै १६ कोरोना सङ्क्रमित थपिएका छन् । निर्देशनालयका अनुसार पोखरामा एक महिलासहित १६ जनामा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये पोखरा-१५ मा सात जना नेपाल प्रहरीमा कार्यरत हुन् ।

त्यसैगरी तनहुँमा दुई, लमजुङमा तीन, स्याङ्जा र बाग्लुङमा एक-एक तथा नवलपरासीमा १७ जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *