पूर्व बक्सरद्वारा ३८ जना रेफ्री जजको कोरोना बीमा

काठमाडौं । पूर्व बक्सर ओमनारायण श्रेष्ठले ३८ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्री जजको कोरोना बीमा गरिदिएका छन् ।

नेपाल बक्सिङ संघका केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठले आफ्नै खर्चमा रेफ्री जजको एक लाख रुपैयाँको कोरोना बीमा गरिदिएका हुन् ।

श्रेष्ठले आईबार अन्तर्राष्ट्रिय रेफ्री जज रामचन्द्र थापामगर, तारामान श्रेष्ठ, राजन प्रजापतिलगायत ३८ जनाको कोरोना बीमा गरिदिएका छन् ।

जसमा १६ जना अन्तर्राष्ट्रिय रेफ्री जज र २२ जना राष्ट्रिय जज रहेका छन् । पूर्वबक्सर श्रेष्ठले अन्तर्राष्ट्रिय रेफ्री जजको कोरोना बीमाको पोलिसी आठौं दक्षिण एसियाली खेलकुद (साफ) का स्वर्ण विजेता रामचन्द्र थापा मगर र राष्ट्रिय रेफ्री जजको पोलिसी सुवर्ण सापकोटालाई हस्तान्तरण गरे ।

श्रेष्ठले यसअघि १३औं दक्षिण एसियाली खेलकुदमा सहभागी १६ खेलाडी र दुई प्रशिक्षकको पनि एक लाख रुपैयाँको कोरोना बीमा गरिदिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *