कामना सेवाद्वारा व्याजमा ७० प्रतिशतसम्म छुट

काठमाडौं । कामना सेवा विकास बैंकले श्रावण महिनाको ब्याजमा भारी छुट दिने भएको छ ।

बैंकले कोभिड–१९ को कारण देशको समग्र अर्थ व्यवस्थामा नराम्रो प्रभाव पारेको र यसबाट विशेष गरी यातयात क्षेत्र, पर्यटन तथा होटल व्यवसाय सबै भन्दा बढी प्रभावित भएको हुंदा व्यवसाय विस्तारको लागि कर्जा लिइ कारोबार गर्दै आएका ग्राहकलाई विशेष राहत र सहुलियत दिने उद्देश्यले ब्याजमा भारी छुट दिने योजना ल्याएको हो ।

उक्त योजना अन्तर्गत यस्तो कर्जा लिएका ग्राहकले २०७७ साल आषाढ मसान्तसम्मको बक्यौता रकम २०७७ साल श्रावण मसान्तसम्म भुक्तानी गरेका ग्राहकलाई श्रावण महिनाको ब्याज रकममा ५० प्रतिशत तथा होटल रेष्टुरेन्ट व्यवसाय अन्तर्गत ग्राहकलाई श्रावण महिनाको व्याजमा ७० प्रतिशत सम्म व्याज रकममा छुट दिइसकेको बैंकले जनाएको छ ।

उक्त समयसीमा भित्र आफ्नो बक्यौता रकम भुक्तान गर्न नसकेका ऋणीलाईसमेत यो योजनामा सहभागी गराउने उद्देश्य राखी त्यस्ता बाँकी ग्राहकलेसमेत श्रावण महिनाको तिर्नु पर्ने रकम चुक्ता भुक्तान गरेमा समेत यो योजनाको लाभ उठाई श्रावण महिनाको ब्याज रकममा ५० देखि ७० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

साथै व्यवसायिक प्रयोजनको लागि हायरपर्चेज कर्जा लिएका ग्राहकले हालसम्मको सम्पूर्ण बक्यौता रकम भुक्तान गरेमा यस त्रयमासको ब्याजदरमा भारी छुट प्रदान गरी ब्याजदर ९.९९ प्रतिशत कायम गरिने योजना ल्याएकोसमेत बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

यो योजनाबाट कोभिड– १९ बाट प्रभावित व्यवसायीले अधिकतम लाभ लिई व्यवसाय सञ्चालनमा थप सहजता मिल्ने समेत बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *