कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु : स्वास्थ्य मन्त्रालय

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । ६ जना महिला र ६ जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता गाैतमका अनुसार चितवनकाे ५५ वर्षीया र १८ वर्षीया दुई महिला, काठमाडाैंकाे ८९ वर्षीया महिला, ललितपुरकाे ७० वर्षीया, तनहुँकाे २० वर्षीया र कपिलवस्तुकी ६० वर्षीया महिलाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे हाे ।

यस्तै बाराका ९७ वर्षीय, चितवनका ६५ वर्षीय, भक्तपुरका ४० वर्षीय, काठमाडाैंका ७० र ७५ वर्षीय र धादिङकाे ४७ वर्षीय पुरूषकाे पनि काेराेना संक्रमणबाट मृत्यु भएकाे प्रवक्ता गाैतमले बताए ।

याेसँगै काेराेना संक्रमणबाट देशभर मृत्यु हुनेकाे संख्या २५१ पुगेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *