उपत्यकाका ३८८ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडाैं । पछिल्लाे २४ घण्टामा उपत्यकामा ३८८ जना काेराेना भाइरस (काेभिड १९) संक्रमित थपिएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा देशभर १ हजार १२० संक्रमित थपिँदा उपत्यकाका ३८८ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

काठमाडाैंका ३५०, भक्तपुरका ९ र ललितपुरका २९ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पुष्टि गरे ।

आजको अपडेटसँगै देशभर कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ पुगेकाे छ । आज मात्रै १२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *