राष्ट्रिय जनगणना २०७८ मा यस्ता प्रश्न सोधिने छन् (हेर्नुहोस् प्रश्नावली)

 

काठमाडौं । सरकारले राष्ट्रिय जनगणना २०७८ मा सोधिने प्रश्नावली सार्वजनिक गरेको छ । आगामी २०७८ हुने राष्ट्रिय जनगणनाका लागि प्रश्नावली तयार गरी राजपत्रमा प्रकाशित गरिएको हो ।

जनगणनामा जनताका घर दैलोमा गइ प्रत्येक व्यक्ति घर परिवारलाई सोधिने मुख्य प्रश्नावली तयार गरी सबैको जानकारीको लागि राजपत्रमा प्रकाशित गरिएको हो ।

गत साउन २६ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वीकृत गरेको उक्त प्रश्नावली आज सर्वसाधारण तथा सरोकारवालाको जानकारीका लागि प्रकाशन गरिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । यसअघि राष्ट्रिय जनगणना निर्देशक समितिले प्रत्येक वडा कार्यालयबाट सङ्कलन गरिने विवरणको लागि सामुदायिक प्रश्नावली गत असार ४ गते स्वीकृत गरिसकेको जनाएको छ ।

पहिलो प्रश्नावली सुरपरीक्षेकद्वारा घर तथा घरपरिवार सूचीकरणमार्फत प्रत्येक घर तथा घरपरिवारमा पुगी घरको सम्पूर्ण विवरण सङ्कलन गरिनेछ । यस्तै दोस्रो प्रश्नावली गणकहरुद्वारा प्रत्येक घरपरिवारमा पुगी मुख्य प्रश्नावलीमार्फत पारिवारिक विवरण र व्यक्तिगत विवरणहरु सङ्कलन गरिनेछ ।

घरपरिवार सूचीकरण २०७८ वैशाख २६ देखि जेठ १४ गतेसम्म र मुख्य प्रश्नावली २०७८ जेठ २५ देखि असार ८ गतेसम्म भरिनेछ ।

यस्तै तेस्रो प्रश्नावली सुरपरीवेक्षकबाट प्रत्येक स्थानीय तहका सबै वडा कार्यालयबाट सामुदायिक प्रश्नावलीमार्फत वडास्तरको पूर्वाधारसम्बन्धी विवरण सङ्कलन गरिने छ ।

यसअघि विभागले नमूना जनगणना २०७७ असार १५ मा सम्पन्न गरी यसका आधारमा केही प्रश्नावलीमा सुधार र परिमार्जन समेत गरेको थियो ।

जनगणना प्रत्येक १०/१० वर्षमा गरिन्छ । सोही अनुसार यस अघिको जनगणना २०६८ मा गरिएको थियो ।

प्रश्नावली : राष्ट्रिय जनगणना २०७८ का लागी प्रश्नावली 

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977024865″ /]

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *