नातेदारका छोराछोरीलाई शतप्रतिशत छात्रवृत्ति

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् सङ्घ र कलेज अफ बिजनेस म्यानेजमेन्टबीच सम्झौता भएको छ । सदस्य तथा उनीहरूका छोराछोरीलाई प्लस २ व्यवस्थापन सङ्कायमा मासिक शुल्कमा शतप्रतिशत छात्रवृत्ति दिने गरी सम्झौता भएको हो ।

कलेजका प्रिन्सिपल सिए सुमन न्यौपानेले कलेज डिल्लीबजारमा अवस्थित रहेको र युवा चार्टर्ड एकाउन्टेन्टहरूको समूहद्वारा सञ्चालनमा रहेको बताए । कलेजमा पाठ्यक्रमका अतिरिक्त समसामयिक तथा प्राक्टिकल विधिबाट अध्यापन गराइँदै आएको कलेजका प्रिन्सिपल सिए. न्यौपानेले बताए ।

साथै नेपाल चार्टर्ड एकाउन्टेन्टस् सङ्घ र बिज्हब आइटी सर्भिस प्रा.लि. बिचमासमेत सम्झौता भएको छ । उक्त सम्झौतामा सङ्घका सदस्यहरूलाई नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका सदस्य बनाउने लक्ष्यअनुसार बढीमा २० प्रतिशतसम्म छुट मिल्ने गरी सदस्यहरूले अनलाइन प्लेटफर्म मार्फत कक्षा लिने व्यवस्था गरिएको छ ।

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स सङ्घ वि.सं २०३५ सालमा स्थापना भएको गैरनाफामूलक, गैरराजनैतिक तथा नेपाली चार्टर्ड एकाउण्टेण्ट्सहरुको एक मात्र पेसागत सङ्घ हो । यसको मुख्य उद्देश्य लेखाब्यवसायको संरक्षण एवम् सम्र्वदन गरी सुव्यवस्थित एवम् सुचारु रूपले लेखा व्यवसाय सञ्चालन गराउने तथा सदस्यहरूको सामूहिक हितको संरक्षण गर्नु रहेको बताइएको छ ।

यसले गर्दा सम्पूर्ण सङ्घका सदस्यहरूलाई अहिलेको कोभिडको महामारीमा पनि घरमै बसेर अनलाइन कक्षा लिन तथा नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाको सदस्यता लिन समेत टेवा पुग्ने विश्वास लिएको सङ्घका उपाध्यक्ष रमेश धितालले बताएका छन् ।

सङ्घले गरेको कोभिड सर्वेको प्रतिवेदन अनुसार चार्टर्ड एकाउन्टेन्ट सदस्यहरूको हितकालागि सङ्घले कार्यहरू गरिरहेको धितालले बताएका छन् । बैङ्क तथा वित्तीय संस्थाहरूसँग बिना धितोमा प्रोफेसनल कर्जा, विशेष बैंकिङ्ग सेवाका लागि समेत सम्झौता भएको धितालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *