हिरासतमा युवक मृत्यु प्रकरण: यातना दिने तीन प्रहरी निलम्बित

काठमाडौं । रौतहटमा प्रहरी हिरासतमा रहेका एक युवककाे मृत्यु भएपछि एक इन्स्पेक्टरसहित तीन प्रहरी निलम्बित भएका छन् । १९ वर्षीय विजय महराकाे यातनाबाट मृत्यु भएकाे आरोपपछि इन्स्पेक्टरसहित तीन प्रहरी निलम्बनमा परेका हुन् ।

गृह मन्त्रालयको सचिवस्तरीय बैठकले रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर नवीनकुमार सिंह र २ नम्बर प्रदेश प्रहरी कार्यालयले फिरोज मियाँ धुनिया र मुन्‍नाकुमार सिंहलाई निलम्बन गरेको हो ।

प्रहरीले विजय महरालाई गरुडा नगरपालिका–८, जिगंडवाका २० वर्षीय निरन्जन रामको हत्या गरेको अभियोगमा साउन ३२ गते नियन्त्रणमा लिएकाे थियाे । प्रहरी हिरासतमा रहेकै बेला गम्भीर अवस्था भएपछि अस्पताल लगिएकाे थियाे । उपचारका क्रममा उनकाे मृत्यु भएपछि याे विषय विवादित बन्दै गएको थियो ।

प्रहरीले दिएको यातनाकै कारण थुनुवाको मृत्यु भएको भन्दै पीडित पक्षले लगातार प्रदर्शन गर्दै आएका थिए । घटनाको अनुसन्धान अझै टुंगिएकाे छैन । दोषी पाइए कारबाही प्रक्रिया अगाडि बढाइने बताइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + twelve =