सातादिन देखिको आधा पेट भर्न पायौं…

विराटनगर । सञ्जय थापा मगर शारिरीक.रुपले अशक्त छन् । विराटनगर–६ का थापा अशक्त भएपनि उनले ६ जनाको परिवारको भरण–पोषणका आफैं गर्ने गरेका छन् ।

उनी भारतको जोगबनीबाट सामान ल्याएर विराटनगरको गुद्रिमा व्यापार गर्ने गर्थे । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउनको घोषणा गरेसँगै उनको व्यवसाय ठप्प भयो ।

गत साउन ६ गते लकडाउन खुले पनि सिमा नाका नखुलेका कारण उनले गर्दै आएको व्यवसाय भने खुल्न सकेन, विभिन्न संघ संस्थासँग आग्रह गरेर नै छाक टार्न बाध्य भएको थापाले सुनाए ।

 उनको ६ जनाको परिवार छ । उनको दाईले घर खर्च केहि नहेर्ने परिवारलाई वेवास्ता गर्ने भएकाले उनले नै दाईको परिवार हेर्दै आएका छन् । उनको काँधमा दाईको ३ जना छोराछोरीका साथै भाउजुको पनि जिम्मेवारी रहेको उनले बताए । लकडाउन अघिसम्म दुखःसुख घर व्यवहार चलिरहेको भए पनि पछिल्लो समय कोरोना माहामारीसँगै दैनिकी सकस बनेको उनी सुनाउँछन् ।

‘हाम्रो लागि आज सम्म प्रदेश सरकार, स्थानीय सरकारले वेवास्ता गर्यो, हाम्रो हितका लागि बनेको राष्ट्रिय अपाङ्ग महासंघका प्रतिनिधिले त झनै वेवास्ता गरे ।’ उनी निराश हुँदै भन्छन्–‘म जस्तै अरु पनि साथीहरु छन लकडाउन पछिको निषेधाज्ञाले असहज परिस्थिति बनाएका ।’

लकडाउनपछिको निषेधाज्ञाले असहज परिस्थिति भएपछि उनी र उनी जस्तै साथीहरु सहजिकरणका लागि एक हप्ता देखि विराटनगर माहानगरपालिका धाइरहेका छन् । तर, उनीहरुको कुरा महानगरले पनि वेवास्ता गरेको छ ।

‘हप्ता दिनदेखि घरमा चुल्हो बाल्न धौधौ परेपछि अपाङ्ग महासंघ र महानगरपालिकाले पनि वेवास्ता गरेपछि निःशुल्क खाना खुवाउने वोसिम आलमको टिमलाई राहतको लागि गर्यौं ।’ थापाले भने । उनले आफु जस्तै अपाङ्गता भएका साथीहरुलाई कतैबाट सहयोग नआएको बताए ।

सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेसँगै पटकपटक लकडाउन थप गर्दा भोकै बसेका भएका थापाको परिवार कयौं पटक वसिम आलमकै टीमले निःशुल्क वितरण गरेको खाना खाएर गुजारा गरेका छन् । ‘आजको राहतले मेरो परिवारले हप्ता देखिको आधा पेट भर्ने भए अनि केहि दिनसम्म निर्धक्क खाना खान पाउने भए ।’

एक हप्तादेखि हामी समस्यामा छौ भनेर फोन आएपछि हामीले सहयोग गर्दा केहि राहत मिल्छ भने किन सहयोग नगर्ने भन्ने सोंचले निःशुल्क खाना खुवाउने अभियानले राहत वितरण गरेको युवा नेता वोसिम आलमले बताए ।

‘हाम्रो अभियानलाई तरकारीका लागि कोपिन्द्र सिंहले साथ दिएका छन्, जति सक्छौ हाम्रो टिम मिलेर गर्छौ, सकेसम्म कोहि पनि गरिब भोकै नहोस भन्ने हाम्रो उद्देश्य हो ।’ उनले भने । थापालाई आलमको टीमले १३ केजि चामल, नुन, तेल, मटर लगायतका राहत सामग्री दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *