आज ३ अर्ब ४६ करोडको शेयर कारोबार

काठमाडौं । आज ३ अर्ब ४६ करोड २५ लाख ८६ हजार एक सय २५ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । कूल १ सय ८९ कम्पनीको ७७ लाख ६३ हजार ५६ कित्ता सेयर किनबेच भएको हो ।

सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको २८ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ८ सय ४७ रुपैयाँ पुगेको छ ।

कारोबार रकमसँगै नेप्से परिसूचकमा पनि सुधार भएको छ । आइतबारको तुलनामा सोमबारको नेप्से परिसूचक २२.३१ अंकले बढेर १४८४.९९ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा १.५३ प्रतिशत बढी हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *