समाज लघुवित्तको आईपीओ बाँडफाँट, ८ हजार ७० जनालेमात्रै पाए १० कित्ता

काठमाडौँ । समाज लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट भएको छ । धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो ।

गोलाप्रथाबाट ८ हजार ७० जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकीको हात खाली भएको छ । आइपीओका लागि मागभन्दा १४८.२३ गुणा बढी आवेदन परेको थियो ।

उक्त आइपीओमा ५ लाख ६३ हजार ९९८ जनाले १ करोड १९ लाख ६२ हजार ७०० कित्ताका लागि आवेदन दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *