लिवर्टी इनर्जीको आईपीओ बाँडफाँड

काठमाडौं । लिवर्टी इनर्जीले निष्काशन गरेको आईपीओ आज बाँडफाँड भएको छ । संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो । क्यापिटलका अनुसार तोकिएको मितिसम्म एक लाख ८८ हजार ४ सय ९९ वटा आवेदकबाट ५४ लाख ४२ हजार कित्ता सेयरको लागि माग परेको छ । जसमा एक सय २६ वटा आवेदनहरु रितपूर्वक नभएकोले रद्द गरिएको छ ।

बाँकी एक लाख ८८ हजार ३ सय ७३ वटा आवेदनबाट ५४ लाख ३८ हजार ९० कित्ता सेयरको लागि परेको आवेदन रितपूर्वक रहेको क्यापिटलले जनाएको छ । सो मध्ये १० कित्तादेखि ३० कित्तासम्म माग गर्ने सबैले आफुले माग गरेजति सेयर पाएका छन् ।

एक लाख ५१ हजार ८ सय १५ जना आवेदकलाई उनीहरुले माग गरेबमोजिम २२ लाख ८ हजार ८ सय ९० कित्ता सेयर बाँडफाँड गरिएको छ । ४० देखि १५ हजार कित्तासम्म माग गर्ने ३६ हजार ५ सय ९८ जना आवेदकलाई ३० कित्ताका दरले बाँडफाँड गरिएको छ । उनीहरुलाई जम्मा १० लाख ९६ हजार ७ सय ४० कित्ता सेयर बाँडफाँड गरिएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *