सानिमा बैंकले ल्याया ईन्द्रजात्रामा ‘क्यूआर कोडको यात्रा’ योजना, भाग लिनेलाई ५ सय नगद उपहार

काठमाडौँ । ईन्द्रजात्राको अवसरमा सानिमा बैंकले ‘क्यूआर कोडको यात्रा’ योजना ल्याएको छ । यस योजना अन्तर्गत बैंकका संस्थागत व्यवसायिक खाता वाहकहरुले काठमाडौं उपत्यकाको विशेष जात्रा ईन्द्रजात्राको दिन डिजिटल कनेक्टलेस भुक्तानीको सरल, सुरक्षित माध्यम क्यूआर कोड को लागि आवेदन दिँदा रु. ५०० बराबरको मोबाइल टपअप उपहार स्वरुप प्राप्त गर्न सक्नेछन् ।

योजनामा सहभागी हुनका लागि संस्थागत व्यावसायिक खाता वाहकहरुले घरैबाट रजिष्ट्रेसन गर्न सक्नेछन् । यसैगरी बैंकमा खाता नहुनेहरुले पनि यो योजनामा सहभागी हुनका लागि आफ्नो व्यक्तिगत तथा संस्थाको विवरण खुलाई खाता खोलेर क्यूआर कोड मर्चेन्ट बन्नको लागि निवेदन पेश गर्नुपर्ने छ ।

यसरी सहभागी भएका क्यूआर मर्चेन्टले बैंकको तर्फबाट रु. ५०० को मोबाइल टपअप प्राप्त गर्नेछन् । यो योजना भदौ १६ गते ईन्द्रजात्राको दिन काठमाडौं उपत्यकाको लागि मात्र लागू हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *