कोरोना जितेका वीरगञ्जका मेयरका पिताको निधन

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीका पिताकाे निधन भएकाे छ ।

ग्राण्डी अस्पतालमा गएराति उपचारका क्रममा ७८ वर्षकाे उमेरमा मेयर विजयकुमारका पिता चिरञ्जीवीलाल सरावगीकाे निधन भएकाे हाे । उनका पिता व्यवसायी समेत हुन् । उनी काेराेना संक्रमणबाट मुक्त भइसकेका थिए ।

गत साउन २२ गते उनमा कोरोना संक्रमण देखिएपछि वीरगञ्जबाट काठमाडौं ल्याइ साउन २४ गते ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ गरिएकाे काेराेना परीक्षणमा उनीमा संक्रमण पुष्टि भएकाे थियाे । केही समयपछि उनी काेराेनाबाट मुक्त भइसकेका थिए । यद्यपी उपचारकै क्रममा उनकाे निधन भयाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *