यी तीन देशसँग हुँदै छ हवाई सम्झौता

काठमाडौँ । नेपाल सरकारले तीन वटा देशमा हवाई सम्झौता गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार भएको मन्त्रालयको उच्च स्तरीय व्यवस्थापन समूहको बैठकले इन्डोनेसिया, फिनल्यान्ड र रसियासँग हवाई सम्झौताको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

बैठकले भाद्र १६ देखि नियमित उडान हुने हुँदा वायुसेवा कम्पनीहरूले कोभिड १९ को महामारी पूर्व नियमित अवस्थामा लिने हवाई भाडा दर भन्दा बढी नलिन तर्फ सबै बायु सेवा निगमहरूसँग समन्वय गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरण मार्फत वायुसेवा कम्पनीहरूलाई सचेत गराउने निर्णय गरेका छ ।

त्यस्तै नेपालीहरू स्वदेश फिर्ती लगायत विषयलाई अनुगमन र सहजीकरण गर्न पर्यटन मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको छ । समितिका सदस्यहरूमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, नेपाल नागरिक उड्डयन प्राधिकरणका हिराजन काफ्ले र नेपाल पर्यटन बोर्डका प्रबन्धक सुनिल शर्मा रहेका छन् ।

समितिलाई हवाई उडान भाडादर यात्रुहरूको परिवहनका विषयमा अनुगमन गर्ने, होटेलले प्रदान गर्ने मापदण्डको विषयमा स्थलगत अनुगमन गरी पृष्ठपोषण गर्ने, हान लगायतका सङ्घ संस्थाहरूसँग आवश्यक समन्वय गर्ने र स्वदेशी फिर्ता प्रक्रियासँग जोडिएको गुनासो व्यवस्थापन गर्ने कार्यादेश तोकिएका छ ।

हिमाल आरोहणका लागि खटाइने सम्पर्क अधिकृत र रेस्क्यु लगायतका विषयमा मापदण्ड र कार्यविधि बनाउने निर्णय समेत गरेका छ । बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालयको वार्षिक कार्य योजनामा समावेश गरिएका माईलस्टोनहरुलाई तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *